नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा शुभकामना दिन प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भृकुटीमण्डप स्थित महाधिवेशन स्थलमा पुगेका छन् ।
महाधिवेशनमा देश तथा विदेशबाट आमन्त्रण गरिएका पाहुनाहरू मध्ये सबैभन्दा ढिलो पुगेका ओलीलाई महाधिवेशन स्थलमा पुग्नसाथ काँग्रेसका कार्यकर्ताहरूले हुटिङ गरेका थिए ।
महाधिवेशन स्थलमा यसअघिकै नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी अध्यक्ष महन्थ ठाकुर, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी भएका छन्।
लामो समयपछि ओली, प्रचण्ड र नेपाल आज एउटै मञ्चमा देखिएका हुन् ।