नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनका कालिकोटका नारायणप्रसाद भट्टराई तथा बागलुङका मणिभद्र शर्मा कँडेल र प्रकाश शर्मा पौडेलले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । 

लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय भट्टराईले कालीकोटबाट महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन  भएपछि आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । उन नेपाल तरुण दलको पूर्व केन्द्रीय सदस्यसमेत छन् । “कांग्रेसलाई नयाँ बाटोमा लैजान मेरो उम्मेदवारी हो”, भट्टराईले भन्नुभयो । नरहरिनाथ गाउँपालिका घर भएका उहाँ कांग्रेसको १२औँ र १३औँ महाधिवेशनमा पनि महाधिवेशन प्रतिनिधि थिए । 

मन्त्री कँडेल र नेता पौडेलद्वारा उम्मेदवारी घोषणा

 बागलुङबाट गण्डकी प्रदेश सरकारमा पर्यटन, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मणिभद्र शर्मा कँडेल र संविधानसभा सदस्य प्रकाश शर्मा पौडेलले कांग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारीको घोषणा गरेका छन्। 

कार्यकर्ताको भावना र चाहनाअनुसार केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको कँडेल र पौडेलको भनाइ छ । कँडेल गण्डकीमा  समानुपातिक प्रदेशसभा सदस्य हुनुहुन्छ भने पौडेल संविधानसभा सदस्य रहिसकेका छन् । दुवै जना कांग्रेस बागलुङको पूर्वसभापतिसमेत हुन् । उनिहरु बागलुङबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका थिए ।