विजयपुर । अन्तर क्लब महिला फुटबल प्रतियोगितामा धरान महिला फुटबल क्लब च्याम्यिन बनेको छ ।

सङ्गम युवा क्लबले बराह क्षेत्रद्धारा आयोजित प्रतियोगिताको फाइनल खेलमा १–० गोल अन्तरले आयोजक सङ्गम युवा क्लबलाई पराजित गर्दै धरान च्याम्पियन बनेको हो ।

फाइनल खेलमा दोस्रो हाफको नवौ मिनेटमा धरान महिला फुटबल क्लबकी जर्सी नं.–१४ की जितु राईले आकर्षक गोल गर्दै च्यामिपयन बनाउन सफल भएकी हुन् । प्रतियोगिताको विजेताले नगद २० हजारसहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । पुरस्कार धरान फुटबल क्लबका टिम क्याप्टेन सिमा आले मगर र टिम व्यवस्थापक पवित्रा लिम्बूले ग्रहण गरेको क्लबकी प्रशिक्षक भगवती राना मगरले जानकारी दिइन् ।

winner1

त्यसैगरी प्रतियोगिताको उपविजेता सङ्गम युवा क्लबले १० हजार नगदसहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । प्रतियोगिताको बेष्ट गोल किपर धरान फुटबल क्लबकी सिमा आले मगर, सर्वोत्कृष्ट खेलाडी नितु राई र बेष्ट फर्वाड समिक्षा मगर घोषि भएका छन् ।

प्रतियोगितामा सङ्गम युवा क्लब बराहक्षेत्रकी छत्रिका चौधरी बेष्ट डिफेन्स, सिमरन राई बेष्ट मिडफिल्डर र सामना भट्टराई उदयीमान खेलाडी घोषित भएका छन् । बनेका छन् ।

प्रतियोगितामा कुल ६ समूहको सहभागी भएका थिए । सहभागी क्लबहरुमा पञ्चकन्या फुटबल क्लब उदयपुर, इटहरी फुटबल क्लब, धरान फुटबल क्लब , हरैचा फुटबल क्लब, माउण्ट एभरेष्ट फुटबल क्लब सुनसरी सहभागि भएको थिए ।

प्रतियोगितटाको समापन कार्यक्रममा बराहक्षेत्र नगरपालिकाकी उपप्रमुख कमला मगर, सप्तकोशी युवा क्लबका अध्यक्ष कपिल आचार्य, एमाले बराहक्षेत्र अध्यक्ष गजेन्द्रबहादुर थापालगायतकाृ उपस्थिपति रहेको थियो । प्रतियोगिता मङ्सिर–१५ देखि सुरु भई शनिबार सम्पन्न भएको थियो ।

wi

winner-k