पथरी । मोरङको कानेपोखरी आईटिएफ तेक्वाण्डो डोजाङ्गले प्रदेश स्तरीय कालो बेल्टको सेमिनार तथा ग्रेडिङ् सुुरु गरेको छ ।

शुक्रबार कानेपोखरी –६, स्थित रमाइलो साकोसको सभाहलमा खेलको राष्ट्रिय खेलकुद परिसदका सदस्य तथा आईटिएफ तेक्वाण्डोका अध्यक्ष अन्जन धमलाले उद्घाटन गरेका थिए । कार्यक्रममा आईटिएफ तेक्वाण्डो डोजाङ १ नम्बर प्रदेश अध्यक्ष प्रविन कुमार कार्की पनि अतिथि रहेका थिए ।

खेल भोली शनिबार समापन हुने छ । प्याटन तर्फ कालो बेल्ट वान–डन, टु–डन र थ्री–डनको सेमिनार पहिलो दिन सम्पन्न भएको कानेपोखरी आईटिएफ तेक्वाण्डो डोजाङ्गका अध्यक्ष युवराज भुजेलले बताए । 

दोस्रो दिन ग्रेडिङ हुने हुदैछ । दुई दिन चल्ने सेमिनार तथा ग्रेडिङ्मा जिल्ला बाहिरबाट ५० जना र भित्रबाट ५० जना गरी जम्मा १ सय जनाले सहभागीता जनाएको आयोजकले जनाएको छ । कानेपोखरीबाट मात्र कालो बेल्ट प्राप्त ४ जना रहेको छ । सेमिनार तथा ग्रेडिङ्मा प्याटन तर्फ किक र फिजुकल चेक हुने छ ।

कानेपोखरी आईटिएफ तेक्वाण्डो डोजाङ्गद्धारा एक महिना अघि प्रदेश स्तरीय महिला र पुरुषको तौल समूहमा इस्पारिङ र प्याटनतर्फको प्रतियोगिता सम्पन्न गर्दै प्रदेशमै पहिलो बनेका थिए । त्यसैगरी तीन दिन अघि प्रदेश १ कै उत्कृष्ट डोजाङ्गमा कानेपोखरी आईटिएफ तेक्वाण्डोले पुरस्कार प्राप्त गरेका थिए ।