विराटनगरमा लागु औषधसहित धरानका एक युवा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धरान उपमहानगरपालिका १६ का १९ बर्षिय कैलाश मल्लिक रहेका इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

कार्यालयका अनुसार भारतबाट नेपाल तर्फ आउदै गरेका मल्लिकलाई विराटनगर महानगरपालिका १५ स्थित १ नम्बर ढाटबाट हिजो साझ साढे ६ बजे लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्दा लागुऔषध नाईट्रोसन १०० ट्याब्लेट सहित पक्राउ गरेको हो ।

पक्राउ परेका मल्लिकको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ।