लक्ष्मीमार्ग । राजनीतिमा पछिल्लो समय युवाहरुको आर्कषण बढिरहेको र नेतृत्व वर्गमा समेत युवाहरुको भुमिका आवश्यक ठान्न थालिएको अबस्थामा मोरङ बेलबारीका युवा बिजय तोलाङगी २४ बर्षको उमेरमा नेपाली काँग्रेसको केन्द्रिय महाधिबेशन प्रतिनिधि निर्बाचित भएका  छन ।

मोरङको बेलबारी २ का उनी क्षेत्र नम्बर ३  बाट दलित कोटातर्फ निर्बिरोध महाधिबेशन प्रतिनिधि बन्न सफल भएका हुन । बि.स. २०६७ सालबाट उनको राजनीतिक यात्रा शुरु भएको हो । सावित्री मा।बिमा सचिब हुँदै सभापती बनेका उनी प्रदेश १ कै उत्कृष्ट  ठूलो सुकुना बहुमुखी क्याम्पसमा सदस्य,सहसचिब,सचिब हुँदै हाल सभापतिका रुपमा कुशलता पुर्बक आफ्नी जिम्मेवारी निर्बाह गरिरहेका छन ।

२०७३ सालको स्वबियु निर्बाचनमा उनी सचिब पदको उमेदवार भैई लोकप्रिय मत प्राप्त गरेर उपबिजेता बनेका थिए । युवा सजगता अभियान मोरङ्गको सयोजक ,बर्तमान नेपाल दलित संघ केन्द्रिय महाधिवेशन प्रतिनिधि लगायत दर्जनौ संघसंस्थामा आबद्ध रहेका छन ।

बि.स.२०५३ चैत्र २६ गते बुवा रणबहादुर र आमा टीकामाया तोलाङ्गीको कोखबाट जन्मिएका उनले स्नातक तह सम्मको अध्यायन गरेका छन । काँग्रेसमा केन्द्रिय सभापतिका उम्मेदवार डा शेखर कोइराला,डा.सुनिल कुमार शर्मा,लगायतका नेताहरुसँग उनी निकट मानिन्छन ।

राजनितिलाई बिशुद्ध समाजिक सेवा गर्ने प्रबित्र स्थलको रुपमा लिने उनी अबको काङ्ग्रेसको नेतृत्व उमेरले मात्र होईन बिचार,काम र कृयाशिलताले पनि युवा हुनुपर्छ नेतृत्व पोखरी जस्तो नभै नदि जस्तो सलल बगेको हुनुपर्छ भन्ने मान्यता राख्छन ।