धरान/धरान–१४ मा जारी दोस्रो वडाध्यक्ष रनिङ कपअन्तर्गत बिहीबारको खेलमा गैरीगाउँको टिम विजयी बनेको छ । 

विजयपुर बोर्डिङ स्कुलको खेल मैदानमा जारी खेलमा गैरीगाउँले १–० गोलले हात्तीसारको टिमलाई पराजित गरेको हो । खेलमा विवेक राईले निर्णायक गोल गरे । खेलको म्यान अफ दी म्याच पनि उनी नै घोषित हुँदै नगद ३१ सय रुपैयाँ पाएका छन् । उनलाई आइडियल बोर्डिङ स्कुलले १ हजार र वडाध्यक्ष कृष्ण भट्टराईले २१ सय रुपैयाँ व्यक्तिगत रूपमा प्रदान गरेका छन् ।

IMG_2277

म्यान अफ दी म्याचको पुरस्कार आइडियल बोर्डिङ स्कुलका प्रबन्धक सागर खड्का र वडाध्यक्ष कृष्ण भट्टराईले वितरण गरेका थिए । शुक्रबारको खेल नारायणपुर र पिण्डेश्वरबीच हुने आयोजक धरान–१४ नम्बर वडा कार्यालयले जनाएको छ । 

IMG_2270