धनकुटा । नेपाली काँग्रेस धनकुटाको सभापतिमा दिनेश आठपहरिया विजयी भएका छन् । देउवा पक्षीय आठपहरियाले पौडेल पक्षका कमोट फागोलाई ३४ मत अन्तरले पराजित गर्दै धनकुटा काँग्रेसको सभापतिमा विजयी भएका हुन् ।

बुधबार बिहान सम्पन्न भएको मतगणनाको मत परिणाम अनुसार राईले ५०४ मत प्राप्त गरे । उनका प्रतिद्वन्द्वी कमोट फागो ४ सय ७० मत मात्रै पाए । धनकुटा काँग्रेसको उपसभापतिमा सुनिल डंगोलले ४६६ र निर्मल ओझाले ४३० मत प्राप्त गर्दै विजय भए । डंगोल देउवा पक्षका हुन भने ओझा पौडेल पक्षका हुन । उप–सभापतिमा देउवा पक्षका रमेश ईवाहाङ ४१० र पौडेल पक्षका सन्तोष तामाङ ४ सय मत मात्रै प्राप्त गरे । 

यस्तै सचिवमा देउवा पक्षका विजय सन्तोषी राईले ६२६ र जयन्द्र घिसिङले ४३९ मत प्राप्त गर्दै विजयी भए भने पौडेल पक्षका राजेन्द्र पौडेल ३१४ र तीर्थ राईले ३९२ मत प्राप्त गरी पराजित भए । यता सह–सचिवमा देउवा पक्षका रोशन श्रेष्ठले ५१८ र गिरिजाप्रसाद दाहालले ४६६ मत प्राप्त गरी विजयी भए भने पौडेल पक्षका अम्बिका राईले ४१८ र झडेन्द्र खतिवडा ३३१ मत प्राप्त गरे ।

धनकुटा काँग्रेसको १ हजार ६७ क्षेत्रीय प्रतिनिधि रहेको भए पनि १ हजार १३ मत खसेको थियो । जसमा सभापतिको लागि ३९ मत बदर भएको थियो ।

केन्द्रीय महाधिवेशन प्रतिनिधिमा २४ मध्ये १५ देउवा पक्षका र ९ जना पौडेल समूहका उम्मेदवार विजयी भए । देउवा पक्षका संविधान सभा सदस्य तथा पूर्व–सभापति मनोहर नारायण श्रेष्ठ, १ नं. प्रदेशसभा सदस्य लीला सुब्बा, आनन्द सन्तोषी राई, अजित नारायण सिंह थापा, अग्निप्रसाद पौडेल, नविनकिशोर शाक्य, थिरेन्द्रबहादुर लिम्बु, करुणा कटुवाल, सुमन तिम्सिना, हर्क चेम्जोङ, प्रकाश कुमार राई (थुलुङ), सिता प्रधान श्रेष्ठ, दुर्गाबहादुर सुवेदी, उदयबहादुर लिम्बू, शिवराज विश्वकर्मा विजयी भए ।

त्यस्तै पौडेलका समूहका संविधान सभा सदस्य अञ्जना ताम्ली, पूर्व जिल्ला सभापति हरिकुमार राई, लेखनाथ पौडेल, खेमराज पौडेल, गंगाराम ढुङ्गाना, इन्दिरा थापा, मणिकुमार चेम्जोङ लिम्बु, मिनाकुमारी राई तुम्बा, महेन्द्र निरौला विजयी भए ।