नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले राप्रपा र माओवादी केन्द्रको विचार मिल्ने बताएका छन् ।

भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशनको उद्घाटन सत्रलाई सम्बाेधन गर्दै प्रचण्डले देश र जनताको पक्षमा  विचार मिल्ने बताएका हुन् । 

उनले भने, ‘तपाईंको र हाम्रो राजनीतिक सिद्धान्त मिल्दैन । तर, देश र जनताको पक्षमा भने समान छ । त्यही भएर तपाईंको र हाम्रो गोत्र मिल्छ भनेको हुँ ।’  उनले  दुवै पार्टीको राजनीतिक उद्देश्य र सिद्धान्त फरक भए पनि देशभक्ति र जनताप्रतिको भावनामा राप्रपा र माओवादी केन्द्रको विचार मिल्ने बताएका हुन् ।