नेकपा एमालेको उपाध्यक्षमा सर्वाधिक मत ल्याएर अष्टलक्ष्मी शाक्य निर्वाचित भएकी छन् । उनले १९७६ सर्वाधिक मत ल्याएर निर्वाचित भएकी हुन् । त्यस्तै,  उपाध्यक्षमा रामबहादुर थापा बादलले १७६८ मत, 

, सुवास नेम्वाङले  १८६५ मत , सुरेन्द्र पाण्डेले १९२५ मत,  विष्णु पौडेलले १८५६ मत  र युवराज ज्ञवालीले १८४२ मत ल्याएर  निर्वाचित भएका छन् । अध्यक्ष केपी ओलीकाे प्रस्तावमा नपरेका घनश्याम भुसाल भने पराजित भएका छन् । उनले ७२५ मत पाएका छन् ।

त्यस्तै, सचिवमा टोपबहादुर रायमाझी, योगेश भट्टराई, पद्मा अर्याल, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, लेखराज भट्ट, गोकर्ण विष्ट विजयी भएका छन् । 

विजयी हुने विष्टले १९७६, भट्टराईले १९६४, अर्यालले १८००, विश्वकर्माले १८००, भट्टले‍‍ १७०४, रायमाझीले १७०० र  महासेठले १५१३ मत ल्याएका छन् । सचिवका प्रत्यासीद्वय भीम आचार्य र टंक कार्की भने पराजित भएका छन् । आचार्यले १३०० मत र कार्कीले ५०० मत ल्याए ।