नेकपा एमालेकाे नयाँ नेतृत्व चयनका लागि भएकाे मतदान सकिएकाे छ । जारी १० अाैं महाधिवेशनबाट सहमतिमा  नेतृत्व चयन गर्न गरीएकाे प्रयास अुफल भएपछि मंगलबार बिहानबाट ४ बजेबाट सुरू भएको थियाे ।  केहि समय अघि सम्मपन्न मतदानमा  दुई हजार ८५ जनाले मत दिएपछि  निर्वाचन अधिकृत हरिशरण दाहालले जानकारी दिए। 

चुनावमा अध्यक्षका लागि निवर्तमान अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावल प्रतिस्पर्धामा छन् । त्यस्तै उपाध्यक्षका लागि ओलीले घोषणा गरेकाबाहेक घनश्याम भुसाल मैदानमा छन् । सचिवमा पनि ओलीले घोषणा गरेकाबाहेक भीम आचार्य र टंक कार्की चुनाव लडेका छन् । 

दाहालका अनुसार केहसुमयमा मतगणना हुने  र चार घण्टामै परिणाम आउनेछ। दुई हजार १५३ जना प्रतिनिधि सहभागी महाधिवेशन गत शुक्रबारबाट सुरू भएको हो।