धनकुटा । धनकुटामा सम्पन्न अन्तरपालिकास्तरीय कर्मचारी फुटबल प्रतियोगिताको उपाधि तेह्रथुमको लालीगुराँस नगरपालिकाको टिमले जितेको छ ।

फाइनल प्रतियोगितामा तेह्रथुमकै छथर गाउँपालिकालाई ४–० गोलले हराउँदै लालीगुराँसले उपाधि जितेको हो । उपाधिसँगै उसले नगद ३५ हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण–पत्र पाएको छ ।

उपविजेता बनेको तेह्रथुमले २१ हजार १ सय ११ रुपैयाँसहित ट्रफी पाएको छ । छथरजोरपाटी गाउँपालिका कर्मचारी समूहको आयोजनामा सम्पन्न खेल मङ्सिर १० गतेदेखि सुरु भएको थियो ।

विजेतालाई छथरजोरपाटी गाउँपालिकाका अध्यक्ष शेरबहादुर लिम्बू, प्रमुख प्रशासकीय अधिकृत तुलराज थापा मगर र आयोजक समूहका संयोजक दिवस पौडेललगायतले पुरस्कार प्रदान गरे ।