सुनसरीको रामधुनी नगरपालिकामा ट्याकटर दुर्घटना हुदा सहचालककाे मृत्यु भएकाे छ । 

आइतबार राती करीब १० बजे वडा नम्बर ६ इचौल स्थितमा ट्याक्टर दुर्घटना हुदा बराह नगरपालिका ६ चकरघट्टी का २२ बर्षीय मुकेश मल्लाहकाे मृत्यु भएकाे  इलाका प्रहरी कार्यालय पकलीले जनाएकाे छ ।

 कान्छिचौकबाट कालाबन्जार तर्फ जादै गरेको को २ त ६४८७ नम्बरको ट्याक्टर आफै अनिन्त्रित भई दुर्घटना हुदाँ पछाडिको ट्रलिले किचेर गम्भिर घाईते भएका मल्लाहको धरान घोपामा उपचारको क्रममा राती साढे ११ बजे मृत्यु भएको कार्यालयले जनाएकाे छ ।

ट्याक्टर  कार्यालयको नियन्त्रणमा रहेको छ भने ट्याक्टर चालक फरार रहेकोले खोजतालस भईरहेको सो कार्यालयले जनाएको छ ।