धरान । माओवादी केन्द्रको धरानको दोस्रो अधिवेशनको बन्द सत्रमा झडप भएपछि स्थगित भएको छ ।

धरान–१५ स्थित होटल इजि राइडर्समा भइरहेको अधिवेशनमा सहमतिका क्रममा झडप भएको थियो । युवाहरुले सहमतिका आधारमा नेतृत्व चयन गनु पर्ने धारण राख्दै आएका थिए ।

तर, नेताहरुको असहमति आएपछि तनाव उत्पन्न भएको थियो । पहिलो पटकको तनाव केही मत्थर सहमतिको प्रयास गर्दैगर्दा पुनः स्थिति तनाव ग्रस्त बनेपछि अविवेशन नै स्थगित गरिएको हो ।


झडवमा पोर्डियम, साउण्ड सिस्टम र कुर्सी तोडफोड भएको छ । स्थिति तनाव ग्रस्त भएपछि बन्द सत्रका नेता कार्यकर्ताहरुको भाागदौड भएको थियो । स्रोतका अनुसार केही नेता तथा कार्यकर्ताहरुले मादक पदार्थ सेवन गरेर पनि आएका थिए । स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी नै बन्द सत्रको हलमा प्रवेश गरेको थियो ।