वराहक्षेत्र । वराहक्षेत्र नगरपालिकाको वडा नम्बर १ स्थित तोरीबारी खानेपानी तथा सरसफाई उपभोक्ता समितिले नयाँ ट्याङ्की संञ्चालनमा ल्याएसंगै अब उपभोक्ताको धारामा १२ घण्टा खानेपानी पानी आउने भएको छ ।

 नेपाल सरकारको १४ करोड ५० लाख रुपैंयाको अनुदान सहयोगमा चतराको लालबस्ती क्षेत्रमा निर्माण गरीएको उक्त ट्याङ्की संञ्चालनमा आएपछि बिहान बेलुका गरी ६ घण्टा खानेपानी बितरण गर्दै आएको समितिले आफ्ना उपभोक्तालाई १२ घण्टा निर्वाध पानी बितरण गर्ने  समितिका अध्यक्ष डम्बर सिग्देलले बताए ।

बिहिबार एक कार्यक्रमका बिच प्रमुख अतिथि नगरप्रमुख निलम खनाल र विशिष्ठ अतिथि इटहरी स्थित खानेपानी तथा ढल व्यवस्थापन डिभिजन प्रमुख प्रदिपलाल कर्णले संयुक्त रुपमा ट्यांकीको गेट भल्भ खोलेर नवनिर्मित  ४ लाख ५० हजार लीटर क्षमताको ओभर हेड ट्याङ्की उद्घाटन गरेका थिए । 

यस अघि २ लाख २५ हजार लीटरको ट्याङ्कीबाट पानी उपभोक्तालाई पानी बितरण गरिरहेको समितिले  माग धान्न नसक्दा खानेपानीको उत्पादन तथा स्टोरेज क्षमतामा वृद्धि गर्न नयाँ ट्याङ्की निर्माण गरिएको अध्यक्ष सिग्देलले बताए ।

बनाईएको ट्याङ्कीले थप ५ हजार ग्राहकलाई पानी दिन सकिने भन्दै चतराको रामानन्दाचार्य सेवापीठमा बनिरहेको थप अर्को २ लाख ५० हजार लीटरको ट्याङ्कीको काम अन्तिम चरणमा रहेको सिग्देलले बताए ।

उनले ट्याङ्की रहेको स्थान लालबस्तीमा स्थानिय शहिदहरुको शिलालेख राखिने राखेर पार्क निर्माण गरिने बताएका छन्। 

समितिले हाल १ हजार २ सय किलोमीटर पाइपलाईन जडान गरि साविकको वडाहरु १,२,४ र ६ र ३ नम्बर वडाका केही भागमा पानी  वितरण गरिरहेको छ ।  छिट्टै समितिले सिंहदेवी, उदय चौक, रेल्वेलनईन, चतरा बजार ,चतराघाट र बयरबन लगायतको स्थानमा सडकको दुवै किनारमा२ हजार किमी पाइपलाइन विस्तार गरिने उनले  सिग्देलले जानकारी दिए ।