यासोक । खानेपानी विभागको ५० औं स्थापना दिवस (स्वर्ण जयन्ती) को अवसरमा सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना इलाम उत्कृष्ठ भएको छ । स्वर्ण जयन्तीको अवसरमा उत्कृष्ट कार्यालयका प्रमुख सुरतलाल चौधरीलाई प्रशंसा पत्रसहित पुरस्कृत गरिएको छ । 

खानेपानी विभागको ५० औं स्थापना दिवस (स्वर्ण जयन्ती) को अवसरमा आयोजित कार्यक्रममा उत्कृष्ट आयोजना कार्यालयका रूपमा पुरस्कृत भएको हो । खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गतका योजनाहरू आर्थिक वर्ष २०७७/०७८ मा सञ्चालित वार्षिक कार्यक्रम र सो को प्रगति एवम् समग्र कार्यालय व्यवस्थापनको आधारमा इलाम उत्कृष्ट भएको हो ।

विभागले स्थापना दिवसको अवसर पारेर उत्कृष्ट आयोजना कार्यालयको प्रमाणपत्र समेत हस्तान्तरण गरेको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय इलामका प्रमुख सुरतलाल चौधरीले जानकारी दिए । कार्यालयले इलाम, पाँचथर र ताप्लेजुङ गरी तीन जिल्लालाई कार्यक्षेत्र बनाई योजना सञ्चालन गर्दै आएको छ ।