झापा । झापाको बिर्तामोडको प्रदेश १ स्तरीय शारीरिक सुगठन प्रतियोगिता हुने भएको छ ।

फागुन २७ र २८ गते ‘मिस्टर कञ्चनजंघा बडी बिल्डिङ च्याम्पियनसीप’ हुन लागेको पत्रकार सम्मेलन गरी शनिबार आयोजकले जानकारी दिएको छ । 

कार्यक्रम संयोजक राम दाहालका अनुसार प्रतियोगिता ५५, ६०, ६५, ७० र ७५ केजीभन्दा माथि पाँच वटा तौल समूहमा प्रतिस्पर्धा हुनेछ । सबै तौल समूहबाट विजेतालाई च्याम्पियन अफ द च्याम्पियन छानिने उनले बताए । 

विजेताले तीन लाख, दोस्रोलाई दुई लाख, तेस्रोलाई एक लाख, चौथो ७५ हजार र पाँचौँ हुनेलाई ५० हजार नगद पुरस्कार दिइने आयोजक बडी ग्यारेजका अध्यक्ष अर्जुन मैनालीले बताए । महिलाहरूको पनि शारीरिक सुगठन प्रतियोगिता गरिने भएको छ । महिलातर्फ प्रथम हुनेले १५ हजार, दोस्रोले १० र तेस्रोले पाँच हजार नगद पुरस्कार पाउने आयोजकले जनाएको छ ।