विजयपुर ।  भारतीय पेन्सन कार्यालय धरानकाे आयोजनामा भएको अन्तर भूपू समिति ब्याडमिन्टन प्रतियोगितामा डबलतर्फ भूपू समिति धरानको समूह च्याम्पियन बनेको छ ।

प्रतियोगितामा भारतीय पेन्सन भूपू समिति दमकको समूह उपविजेता बनेको छ । सम्पूर्ण खेलमा विजेता र उपविजेतालाई कप, मेडल प्रदान गरिएको थियो । बुधबारदेखि २ दिनसम्म सञ्चालन भएको प्रतियोगितामा विभिन्न उमेर समूहका प्रतियोगीहरू सहभागी थिए ।

५० वर्ष मुनिको प्रतियोगितामा भारतीय पेन्सन भूपू समिति धरानका राजकुमार राई र नगेन्द्र राई विजेता भए भने भूपू समिति दमकका विष्णु तामाङ र अविनाश राई उपविजेता भए । ५० वर्ष मुनिको प्रतियोगितामा विभिन्न जिल्लाका २० समूह सहभागी बनेको कार्यक्रम सञ्चालक तथा क्याप्टेन कृष्णबहादुर थापाले जानकारी दिए ।

५०–६० उमेर समूहको प्रतियोगितामा भारतीय भूपू पेन्सन समिति इलामका खम्बसिंह राई र दिलबहादुर चेम्जोङ विजेता भए भने भूपू समिति पथरीका शान्तप्रसाद राई र श्रीप्रसाद लिम्बूको समूह उपविजेता बनेको छ । ५०–६० वर्ष उमेर समूहको प्रतियोगितामा १६ समूह सहभागी बनेका थिए ।

bad-(3)

६० वर्षमाथि उमेर समूहको खेलमा भूपू समिति धरानका डम्बरकुमार लिम्बू र कृतिमनी राई विजेता बने भने भूपू समिति दमकका हस्तबहादुर बेघा र राजकुमार लिम्बू उपविजेता बने । डबलतर्फ ६० वर्षमाथि उमेर समूहको खेलमा ४ समूह सहभागी भएका थिए ।

सिङ्गलतर्फ ६० वर्षमाथि उमेर समूहको प्रतियोगितामा भारतीय पेन्सन भूपू समिति दमकका धनजित राई विजेता भए भने उपविजेता भूपू समिति विराटनगरका डिबी राई  भए । सिङ्गलतर्फको खेलमा ६ जना सहभागी भएका थिए ।

महिलातर्फ पनि भारतीय पेन्सन भूपू समिति धरानका इन्दिरा राई र योगिता लिम्बू च्याम्पियन बने भने भूपू समिति तरहराका मनु राई र सरिता राई उपविजेता बने । महिलातर्फ ६ समूह सहभागी भएका थिए । प्रतियोगितामा कुल ५४ समूह सहभागी बनेकोे क्याप्टेन थापाले जानकारी दिए ।

प्रतियोगिता समापन तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै यस्ता प्रतियोगिताले अवकासप्राप्त जीवनमा भातृत्वको बोध गराउने संघिय इकाइ कार्यालय धरानका प्रमुख एसएसपी गाेविन्द कुमार साहले बताए । कार्यक्रममा भारतीय पेन्सन कार्यालय धरानका प्रमुख अभिषेक सिंहले प्रतियोगिता मैत्रीपूर्ण भएकाले कसैको हारजित नभएको बताए । उनले खेलमा सहभागीहरूको प्रदर्शन हेरेर पूर्व भारतीय सेनाहरू ‘रिटायर्ड’ भएको तर ‘टायर्ड’ नभएको बताए ।

bad-bijeta1