विजयपुर । नेपालको फुटबल क्लब हिमालयन शेर्पालाई नेपाल आइसले साथ दिएको छ ।

मङ्सिर ३ गतेदेखि दशरथ रङ्गशालामा सुरु हुने सहिद स्मारक ‘ए’ डिभिजन लिगमा सहभागी बनेको क्लबलाई नेपाल आइसले मुख्य प्रायोजन गरेको छ ।

नेपाल आइस १ वर्षका लागि क्लबको मुख्य प्रायोजक बनेको हो । हिमालयन शेर्पा क्लबका कार्यवाहक अध्यक्ष गोम्जु दोर्जे शेर्पा र सिजीका बिजनेस प्रमुख प्रदीप पुडासैनीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

एक वर्षको सम्झौताको रकम कति हुने भनी दुवै पक्षले खुलाएका छैनन् । लिग शुक्रबार सुरु भएको छ । लिगमा हिमालयन शेर्पाले पहिलो खेल आज (शनिबार) सङ्कटासँग खेल्ने आयोजकले जनाएको छ ।