पथरी/ मोरङको कानेपोखरी—५, स्थित जहदाको रंगशालामा जारी ‘जहदा भेट्रानस गोल्डकप’ प्रतियोगिताको पहिलो चरणको अन्तिम दिनको खेलमा हाम्रो इटहरी भेट्रानस एफसी विजय भएको छ ।

बुधबार भएको खेलमा अभिषेक चर्च राझर नवलपरासीलाई २–३ गोलको अन्तरले विजय हुँदै हाम्रो इटहरी सेमिफाइनलमा पुगेको हो । हाम्रो इटहरीका लिलाराम मगरले खेलको पहिलो हाफ अन्तिम समय खेलको ३० औं मिनेटमा १ गोल गर्दै गोलको खाता खोलेका थिए ।

त्यसैगरी अभिषेक चर्च राझर नवलपरासीका सुकलाल तामाङले खेलको ३३ औं मिनेटमा १ गोल गर्दै खेललाई बराबरी बनाएका थिए । त्यसैगरी अभिषेक चर्च राझर नवलपरासीका गोल रक्षकले पोष्ट छेउमा गोल बचाउ गर्दै हानेको बल आफ्नै खेलाडीको खुट्टामा ठोक्कीएर खेलको ४४ औं मिनेटमा आत्माघाती गोल भएको थियो ।

त्यसैगरी हाम्रो इटहरीका पूर्व राष्ट्रिय खेलाडी सुरेन्द्र तामाङले खेलको ४९ मिनेटमा प्लान्टी सुट मार्फट १ गोल लगाएका थिए । त्यसैगरी अभिषेक चर्च राझर नवलपरासीका याम बहादुर आलेले खेलको ५४ औं मिनेटमा १ गोल थप्दै २–३ गोलको अन्तरले खेल समाप्त भएको थियो ।

खेलको म्यान अफ द म्याच हाम्रो इटहरी भेट्रानस एफसीका दिवश राई घोषित हुर्दै ट्रफी, मेडल र नगद १५ सय प्राप्त गरेका थिए । युवा व्यवसायी सईकुमार तामाङले खेलाडीको खेल मनपराएर अभिषेक चर्च राझर नवलपरासीका खेलाडीलाई २ हजार नगद पुरस्कार दिएका थिए ।

भोली बिहिबारदेखि सेमिफाइनल खेल हुने भएको छ । सेमिफाइनल खेलमा आयोजक जहदा र विर्तामोड भेट्रानस एफसी विच खेल हुने खेल आयोजक समितिका संयोजक डेनिम राईले बताए । जहदा भेट्रानस क्लबको आयोजना र नव प्रगतीशिल समाज सेवा क्लबको संरक्षकमा आयोजना भएको हो ।