विजयपुर / नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र ले मंसिरसम्मका सुनसरीका स्थानीय तहहरुको नेतृतव चयन गरेको छ ।
पार्टीको सुनसरी जिल्ला समन्वय समितिको बैठकले जिम्मेवारी बाँडफाड गरेको हो । बैठकले नेपाल कम्युष्टि पार्टी ९नेकपा० विभाजन पश्चात रिक्त रहेको समितिको नेतृत्व चयन गर्दै जिम्मेवारी दिएको हो । चयन भएको नेतृत्वले मङ्सिरमा हुने पालिका सम्मेलनसम्म काम गर्नेछन् । पार्टीले नेकपा हुँदा अध्यक्षको नेतृत्व गरेका र नेकपा हुँदा सचिव भएका नेतृत्वलाई अध्यक्षको जिम्मेवारी दिएको हो ।
धरान उपमहानगरको इन्चार्जमा आइन्द्र विक्रम बेघा, सह इन्चार्जमा चोत्लुङ र प्रकाश प्रताप ल्वागुन चयन भएका छन् । धरानको अध्यक्षमा सुदर्शन श्रेष्ठ र सचिवमा चेतना श्रेङ चयन भएका छन् । इटहरी उपमहानगरको इन्चार्जमा अनिता परियार, सहइन्चार्जमा मदन चुडाल चयन भएका छन् । इटहरी अध्यक्षमा बहादुर सिंह तामाङ र सचिवमा कबिन्द्र के.सी. चयन भएका छन् ।
































