पथरी । मोरङको कानेपोखरी—५, स्थित जहदाको रंगशालामा आजदेखि सुरु भएको ‘जहदा भेट्रानस गोल्डकप’ प्रतियोगिता उद्घाटन खेलमा हाम्रो धरान भेट्रानस एफसी विजय भएको छ ।

आइतबार भएको खेलमा एभरेष्ट भेट्रानस मोरङलाई २–४ गोलको अन्तरले टाईव्रेकरमा हाम्रो धरान भेट्रानस एफसी विजय भएको हो । खेलको निर्धारित समय बराबरीमा टङ्गिएपछि खेलको छिनोफाने टाईब्रेकरले गरेको थियो । धरान भेट्रानस एफसीको तर्फबाट टाईब्रेकरमा खगेन्द्र लिम्बु, तीर्थराज मगर, जनकराज सुनुवार र योगेन्द्र राईले गोल गरेका थिए ।

त्यसैगरी एभरेष्ट भेट्रानस मोरङको तर्फबाट प्रेम घिमिरे र डिल्लीराम श्रेष्ठले गोल गरेका थिए । अन्य भुवनसिंह राई र बद्रि बिष्टले भने प्रहार गरेको बल पोष्ट बाहिर गएको थियो । खेलको मध्यान्तर अघि दुवै पक्षबाट गोल हुन सकेन । खेलको मध्यान्तर पछि खेलको २ मिनेटमा हाम्रो धरान भेट्रानस एफसीको जनकराज सुनुवारले १ गोल लगाएका थिए ।

देव बहादुर सुनुवारको कर्णर सुटको सदुपयोग गर्दै जनकराज सुनुवारले हेड मार्फत गोल गरेको हो । त्यसैगरी खेलको १८ औं मिनेटमा एभरेष्ट भेट्रानस मोरङका भुवनसिंह राईले १ गोल गर्दै टिमलाई बराबरी बनाएको थियो । खेलको म्यान अफ द म्याच हाम्रो धरान भेट्रानस एफसी जनकराज सुनुवार घोषना हुर्दै ट्रफी, मेडल र नगद १५ सय प्राप्त गरेका थिए ।

खेलको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि क्षेत्र नं. ३ क का प्रदेश सांसद सूर्यमाराज राईले गरेका थिए । कार्यक्रममा नेकपा एमाले कानेपोखरी गाउँकमिटि अध्यक्ष सुशिल बुढाथोकी, नेपाली कांग्रेसका गाउँ उपसभापती जवरबहादुर राई, नेकपा माओवादीका गाउँ संयोजक मनोज राजवंशी, मितेरी युवा क्लबका अध्यक्ष नविन लिम्बु, सिंहदेवी माविका प्रधानाध्यापक धर्मराज ढकाल, पर्लऐकेडेमी स्कुका संचालक मनु गुरुङ, भोजकुमार राई लगाएत अतिथि रहेका थिए । कार्यक्रमका संयोजक डेनिम राईको सभापतीत्वमा र चरण गुरुङको संचालन रहेको थियो ।

जहदा भेट्रानस क्लबको आयोजना र नव प्रगतीशिल समाज सेवा क्लबको संरक्षकमा आयोजना भएको हो । खेलमा ८ भेट्रानस टिम सहभागी भएका छन् । अभिषेक चर्च राझर नवलपरासी भेट्रानस एफसी, हाम्रो धरान भेट्रानस एफसी, हाम्रो इटहरी भेट्रानस एफसी, मर्निङ भेट्रानस विराटनगर, विर्तामोड भेट्रानस एफसी, एभरेष्ट भेट्रानस मोरङ, दमक लखनपुर भेट्रानस एफसी र जहदा भेट्रानस एफसी टिम रहेको छ ।

प्रतियोगितामा विजेत टिमले १ लाख,११ हजार १ सय ११ रुपैया, ट्रफी,मेडल र प्रमाण पत्र र उपविजेताले ६५ हजार,५ सय ५५ रुपैया, ट्रफी,मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजकले बताएका छन् । प्रत्येक खेलमा म्यान अफ द म्याच बापत पुरस्कार १ हजार र ट्रफी प्रदान गरिने भएको छ । वेष्ट गोलरक्षक, बढी गोलकर्ता, अनुसाशित खेलाडी, म्यान अफ द टुनामेन्ट जस्ता विद्यामा खेल समापनको दिन नगद २५ सय र ट्रफीको पुरस्कारले सम्मान गर्ने भेट्रानस खेलाडी तथा ५ नम्बर वडाध्यक्ष चरण गुरुङले बताए ।