धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको चिकित्सा तथा दन्त चिकित्सा शिक्षक कल्याण समाजले लामो समयदेखि ओटीको लञ्च तथा खानेपानी कटौती गरेकाप्रति प्रशासनलाई ध्यानाकर्षण गराएको छ । 

ओटीको लञ्च र खानेपानी सुविधा कटौती हुँदा कर्मचारी तथा चिकित्सकलाई समस्या भएको प्रशासनलाई बुझाइएको ध्यानाकर्षण पत्रमा उल्लेख छ । समाजका अध्यक्ष डा. अरुणकुमार सिंह र उपाध्इक्ष लोकेशशेरखर जैसवालले आइतबार अस्पतला निर्देशन प्रा.डा. गौरीशंकर साहलाई ध्यानाकर्षण पत्र बुझाएको हो । 

BP_memorendum_paper 1

विगत लामो समयदेखि वितरण गरिँदै आएको ओटीको सुविधा कटौतीले चिकित्सक र कर्मचारी मारमा परेकाले तत्काल व्यवस्थापन गर्न माग गरिएको अध्यक्ष डा. सिंहले जानकारी दिए । दक्षिण एसियाको ठूलो अस्पतालमा खानेपानीजस्ता न्यूनतम आवश्यक परिपूर्ति नहुनु दुर्भाग्यपूर्ण रहेको उनले जनाए । उनले अस्पताल प्रशासनलाई ध्यानाकर्षण गराउँदै तत्काल सेवासुविधामा पुनर्विचार गर्न माग गरिएको बताए ।