पथरी । प्रथम अध्यक्ष कप, १ नम्बर प्रदेश स्तरीय आई.टी.एफ.तेक्वाण्डो प्रतियोगितामा पहिलो दिन आयोजक टिम कानेपोखारी आई.टी.एफ.तेक्वाण्डो डोजाङ्ले उत्कृष्ट खेल प्रदर्शन गरेको छ ।  

मोरङको कानेपोखरी गाउँपालिका–६, स्थित जनसेवाको खेल मैदानमा भएको प्रतियोगिताको पहिलो दिन इस्पारिङ र प्याटनतर्फको विजेता घोषणा गरी मेडल र प्रमाण पत्र प्रदान गरेको छ । पहिलो दिनको खेलमा आयोजकले धेरै पदक जित्न सफल भएको छ । 

एकल इस्पारिङ तर्फ जुनियर महिला तर्फ २० देखी २५ केजी तौल सम्मको प्रतियोगितामा सुनसरीका सदिक्षा राई प्रथम, आयोजकका सुनिता तामाङ द्वितीय र आयोजककै सुवानी राजभण्डारी र जेनिसा धिमाल तृतीय भएका छन् । त्यसै गरी एकल स्पाईरिङ सिनियर पुरुष तर्फ ५० देखी ५५ केजी तौल सम्मको प्रतियोगितामा सुनसरीका अनुज राई प्रथम, झापाका मनिष श्रेष्ठ द्वितीय, आयोजकको हरि श्रेष्ठ तृतीय र मोरङको अर्जुन गिरी तृतीय भएका छन् । 

एकल प्याटन तर्फ महिला पहेलो बेल्ट तर्फ आयोजक विनिशा धिमाल प्रथम, मोरङ प्रिन्सा कार्की द्वितीय भएका छन् । त्यसै गरी महिला ग्रिन बेल्ट तर्फ आयोजकका स्वस्तिका माझी प्रथम भएका छन् । त्यसै गरी पुरुष पहेँलो बेल्ट तर्फ आयोजकका आर्यन राई प्रथम, मोरङका मन्दिप माझी द्वितीय भएका छन् । त्यसै गरी पुरुष हरियो बेल्ट तर्फ आयोजकका रिवाज फुयल प्रथम र मोरङका विशाल खत्री द्वितीय भएका छन् । त्यसै गरी पुरुष ब्लु बेल्ट आयोजकका आषिश भुर्तेल प्रथम र पुरुष रेड बेल्ट तर्फ आयोजकका निश्चल लिम्बु प्रथम भएका छन् । कार्यक्रमको पहिलो दिन बिहानै देखी गरिएको थियो । उद्घाटनको औपचारिक कार्यक्रममा आइटिएफ टेक्वाण्डो १ नम्बर प्रदेशका अध्यक्ष प्रविण कार्कीले र सचिव नविन तामाङले खेल देखाएका थिए । 

बाँकी रहेको प्रतियोगिताको विभिन्न विधाको फाइनल आज शनिबार हुनेछ । आज शनिबार २०—२५ देखी ८१ केजी तौल सम्म पुरुष र २०—२५ देखी ७१ केजी तौल सम्म महिलाको प्रतियोगिता रहने आयोजकले जनाएको छ । प्रतियोगितामा १ नम्बर प्रदेश अन्तर्गत सोलुखुम्बु र ओखलढुङ्गा बाहेक सबै जिल्लाका आईटिएफ टेक्वाण्डोका खेलाडीहरूले सहभागिता जनाएको आयोजक समितिका अध्यक्ष युवराज भुजेलले जनाएको छ । प्रतियोगितामा मोरङ, सुनसरी, उदयपुर, झापा, ताप्लेजुङ, इलाम, पाँचथर, सङ्खुवासभा, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, र आयोजक कानेपोखरी गरी २५० खेलाडी सहभागी छन् ।

उद्घाटन कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले, विशिष्ट अतिथि उपाध्यक्ष राजमती इङ्नाम र नेपाल आईटिएफका अध्यक्ष अन्जन धमला, त्यसै गरी अतिथिहरू नेकपा(एमाले) का कानेपोखरी गाउँ कमिटीका अध्यक्ष सुशील बुढाथोकी, नेपाली काँग्रेस गाउँ सभापति योगेन्द्र दाहाल, वडा नम्बर ५ का वडाध्यक्ष चरण गुरुङले मन्तव्य दिएका थिए ।

कार्यक्रममा नेपाल आईटिएफका केन्द्रीय सदस्य घम बहादुर तामाङ र रुपसिंह मोक्तान, आइटिएफ टेक्वाण्डो १ नम्बर प्रदेशका अध्यक्ष प्रविण कार्की, वडाध्यक्षहरू खड्ग बस्नेत, मोहन प्रसाद अधिकारी र धनबहादुर राई, स्थानीय समाजसेवी दानबहादुर बस्नेत, नविन पौड्याल, कुमार फुयल र राजेश कार्की लगायत अतिथि रहेका थिए ।