पथरी /  मोरङको कानेपोखरी—५, जहदा स्थित कानेपोखरी गाउँपालिकाको रंगशालामा ‘जहदा भेट्रानस गोल्डकप’ प्रतियोगिता हुने भएको छ ।

जहदा भेट्रानस क्लबको आयोजना र नव प्रगतीशिल समाज सेवा क्लबको संरक्षकमा आयोजना हुन लागेको हो । प्रतियोगिता यही कात्तिक २८ गते उद्घाटन भएर मंसिर ५ गते समापन हुने खेल संयोजक डेनी राईले बताए ।

खेलमा ८ भेट्रानस टिम सहभागी हुर्दैछ । पाहुनाको रुपमा नवलपरासी भेट्रानस टिम, धरान, इटहरी, विराटनगर, दमक, एभरेष्ट मोरङ, जहदा भेट्रानस लगाएत टिम रहेको खेल सहसंयोजक भोजकुमार श्रेष्ठले बताए ।

प्रतियोगितामा विजेत टिमले १ लाख, ट्रफी,मेडल र प्रमाण पत्र र उपविजेताले ५१ हजार, ट्रफी,मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजकले बताएका छन् ।

प्रत्येक खेलमा म्यान अफ द म्याच बापत पुरस्कार १ हजार र ट्रफी प्रदान गरिने भएको छ । वेष्ट गोलरक्षक, बढी गोलकर्ता, अनुसाशित खेलाडी, म्यान अफ द टुनामेन्ट जस्ता विद्यामा खेल समापनको दिन नगद २५ सय र ट्रफीको पुरस्कारले सम्मान गर्ने भेट्रानस खेलाडी तथा ५ नम्बर वडाध्यक्ष चरण गुरुङले बताए ।

आर्थिक संकलन गरी खर्च जुटाउने र खेलअवधिभर ५ लाख खर्च हुने खेल संयोजक डेनी राईले बताए । प्रतियोगिताको लागि खेल मैदान सरसफाई, मर्मत तथा व्यावस्थापन गर्नुको साथै कानेपोखरी चोकमा गेट निर्माण गरिएको आयोजकले बताएका छन् ।