धरान । तरहरामा सम्पन्न थ्री अन थ्री महिला पुरुष बास्केटबल प्रतियोगितामा दुवै उपाधि धरानको टिमले जितेको छ । 

पुरुषतर्फ धरानको हाम्रो कलेक्सनले उपाधि उचाल्दा महिलामा यलम्बर बास्केटबल टिमले जितेको हो । फाइनल खेलमा हाम्रो कलेक्सनले धरानकै ब्रदर्सलाई पराजित गर्दा महिलामा यलम्बरले धरानकै मिराकल ए टिमलाई जितेको थियो । 

tarahara_basketball (1)

विजेता महिला टिमले नगद ५ हजार र पुरुष टिमले नगद १० हजार रुपैयाँसहित ट्रफी, प्रमाण पत्र पाएको छ । व्यक्तिगत टाइटलतर्फ पुरुषमा ब्रदर्सका सर्वधन राई र महिलामा यलम्बरकी लियालिसा श्रेष्ठले जित्दै ट्रफी पाए । 

विजेता टिमलाई बास्केटबल प्रशिक्षक विकास चाम्लिङ, आयोजक क्लब तरहरा स्पोर्टिङका अध्यक्ष रविन्द्र भट्टराईले पुरस्कार प्रदान गरे । 

tarahara_basketball (3)