लक्ष्मीमार्ग ।  चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकपको उपाधि हिमालयन शेर्पा क्लबले उचालेको छ । 

बुधबार भएको फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ)काठमाण्डौलाई ३-१ को गोल अन्तरले हिमालयन शेर्पाले उपाधि रक्षा गरेको हो । 

खेल सुरु भएको ५ मिनेटमा हिमालयन शेर्पाका एन्जल गुरुङले गोल गर्दै अग्रता कायम गरेपनि ४३ मिनेटमा एपीएफका रबि थिङ्ले गोल गर्दै टिमलाई बराबरीमा उभ्याए। पहिलो हापमा रक्षात्मक देखिएको एपीएफ दोस्रो हापमा भने कमजोर देखियो । खेलको ७१ मिनेटमा हिमालयन शेर्पाका बिदेशी खेलाडी मुटुम्बाले र ८९ मिनेटमा सुरेश कुमालले १/१ गोल गर्दै टिमलाई बिजयी बनायो ।