प्रदेशसभाको बैठकलाई सम्बोधन गर्दै प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले कसैको खुट्टा तान्ने र छिर्के हान्ने प्रवृत्तिले लोकतन्त्र बलियो नहुने बताएका छन् । 

उनले अस्थिरता र राजनीतिक तरलताकारबिच  आफूले सत्ता सम्हालेको बताउँदै उनले एक अर्का प्रति आक्रमण गर्ने भन्दा पनि राजनीतिक दलको जनताको सेवा गर्ने उद्देश्य  हुने भन्दै विकासका लागी एकजुट हुनुपर्ने बताएका छन् । 

उनले आफ्नो सरकारले विकास र समृद्धि, सेवा विस्तार, कोरोनाभाइरस नियन्त्रण तथा रोकथाम, खोपको व्यवस्थामा उल्लेख्य काम गरेको बताएका छन् ।  उनले जनतामा सारकार स्थिर रहेको हेर्ने चाहना रहे पनि दलहरूमा सांसदको अङ्कगणित हेरिएको बताएका छन्