प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य आज  प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् । कार्तिक ५ गते विश्वासको मत लिने प्रश्ताव पेस गरेको मुख्यमन्त्री आचार्यले सदनमा ७ गते विश्वासको मत लिने कार्यसूची तय गरिएको  थियो । तर,  नेपाली कांग्रेसका केही संसदले  आचार्यलाई भोट दिने हल्लाका बिच प्रदेशसभा बैठक  स्थपगत गर्न माग गर्दै प्रदेशसभा सचिवालयमा निवेदन दर्ता गरेको थियो । 

निबेदनमा भने, पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा बाढी पहिरोको क्षतिको अनगमनमा आएकोले अफ्नो षेत्रको अवस्थाका कारेका जानकारी गराउनु पर्ने भएको कारण उल्लले गरिएको छ । 

कांग्रेसको पत्र बुझाएसंगै  एमालेका प्रमुख सचेतक बुद्धिकुमार राजभन्डारीले समेत पत्र लेखेर थप स्थगनको माग गरेका थिए । कांग्रेस र एमालेले बैठक सार्न माग गरेपछि सभामुख प्रदीपकुमार भण्डारीले सदन आज मध्यामा बस्नेगरी स्थगन गरेका थिए  ।

गठबन्धनले आचार्यको विरूद्धमा मतदान गर्ने भन्दै  कांग्रस केन्द्रिय नेताहरूले भनिरहेको अवस्थामा आचार्यले विश्वासको मत नपाउने अवस्था आए  राजीनामा दिने नेकपा (एमाले) केन्द्रीय सदस्य तथा प्रदेश १ का पूर्वमन्त्री हिक्मतकुमार कार्कीले बताएका छन् ।

 ९२ सांसद रहेको १ नम्बर प्रदेश सभामा  एमालेका ४१ सांसद छन् । विश्वासको मत लिन मुख्यमन्त्री आचार्यलाई ६ मत अपुग छ ।  गठबन्धन तर्फ नेपाली कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा (एस) का १०, जसपाका ३ र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मन्चका १ हुन् । एक सिट भएको राप्रपाले भने सत्ताधारी र विपक्षी कुन कित्तामा हुने भन्ने औपचारिक निर्णय गरेको छैन ।