प्रदेश १ का मुख्यमन्त्री भीम आचार्य प्रदेशसभामा राजीनामा दिने भएका छन् । भदौ १० गते प्रदेश १ को दोस्रो मुख्यमन्त्रीको रूपमा चयन भएका आचार्य नेकपा एमाले विभाजन भएपछि अल्पमतमा परेका थिए ।

प्रदेश १ का १० जना सांसदले नेकपा एकीकृत समाजवादीकामा दस्तखत गरेपछि कार्तिक ५ गते विश्वासको मत लिने प्रस्ताव पेस गरेका उनको प्रस्ताव माथि छलफल र मत विभाजनका लागि कार्तिक ७ गतेको मित तय गरी कार्यसूची समेत सार्वजनिक गरिएको थियो । 

तर, काँग्रेस र एमालेले बैठक सार्न भनेपछि  उक्त कार्यसूची अनुरूप आजका लागी बैठक बसेको भए पनि बैठक अघि शीर्षस्थ नेताहरूसँगको छलफलपछि आचार्य राजीनामा दिने निष्कर्षमा पुगेका हुन् ।

९२ सांसद रहेको १ नम्बर प्रदेश सभामा  एमालेका ४१ सांसद छन् । विश्वासको मत लिन मुख्यमन्त्री आचार्यलाई ६ मत अपुग छ ।  गठबन्धन तर्फ नेपाली काँग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा ९एस० का १०, जसपाका ३ र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ हुन् । एक सिट भएको राप्रपाले भने सत्ताधारी र विपक्षी कुन कित्तामा हुने भन्ने औपचारिक निर्णय गरेको छैन ।