विराटनगर । विराटनगर जेसीजले ‘जेसीज सप्ताहको’ अवसर पारेर आयोजना गरेको मैत्रीपूर्ण फुटसल प्रतियोगितामा नेपाल पत्रकार महासंघ मोरङ बिजयी भएको छ ।

विराटनगरमा आइतबार विहान भएको फुटसल प्रतियोगितामा विराटनगर जेसिजलाई ५–४ गोलले हराउँदै नेपाल पत्रकार महासंघ मोरङ बिजयी भएको हो । 

प्रतियोगितामा पत्रकार अनिल श्रेष्ठले ह्याट्रिक गरेका छन् । उनले खेल अवधीभरिमा तीन, हरिहर नेपाल र पुन्य पि अधिकारीले १/१ गोल गरेका थिए । फुटसल प्रतियोगिताको संयोजकमा जेसीजका प्रितेसराज दाहाल रहेका थिए । 

विराटनगर जेसीजले जेसीज सप्ताहमा हप्ताभरी विभिन्न कार्यक्रम आयोजना गर्दै मनाउने गरेको छ । सप्ताह अन्र्गतको मैत्रीपूर्ण फुटल तेस्रो कार्यक्रम हो ।

यसअघि पहिलो दिन बाढीपीडितलाई राहत वितरण गरेको छ । जेसीजले विराटनगर १४ ऋषिदेव टोलका ६० घर परिवारका बाढीपीडितलाई राहतमा खाद्यान्य वितरण गरिएको थियो । दोस्रो दिनमा सेयरसम्बन्धी तालिम भयो ।

उक्त तालिमको प्रशिक्षक नेपाल जेसीजको पुर्व कार्यकारणी उपाध्यक्ष सुवासचन्द्र भट्टराई रहेका थिए । सोमबार अन्र्तक्रिया र साझमा स्कूलका छात्राहरुलाई आत्मरक्षाको लागि तालिम दिने विराटनगर जेसीजका अध्यक्ष प्रदिप दाहालले जानकारी दिए ।  मंगलबार विराटनगरमा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम गरि समापन गरिने उनले बताए ।