लक्ष्मीमार्ग । चौथो अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकप फुटबल प्रतियोगितामा काठमाडौंको एपिएफ क्लबसँग भारतको रोयल फुटबल क्लब स्तब्ध बनेको छ ।

लक्ष्मी माविको खेलमैदानमा शुक्रबार सम्पन्न खेलमा ५–० को फराकिलो गोलअन्तरले सिलिगुडीलाई हराउँदै एपीएफ विजयी बन्यो । खेलको पहिलो हाफमै दुई गोल खाएको रोयलले उत्तराद्र्धमा ३ गोल खाएको थियो ।

एपीएफका आशिष लामाले २ गोल गर्दा आवास लामिछाने, प्रदीप लामा, सविन गुरुङले एक–एक गोल गरे । खेलको म्यान अफ दि म्याच एपीएफका आशिष लामा घोषित भए ।

आज (शनिबार) हिमालयन शेर्पा क्लब काठमाडौं र गाईघाट फुटबल क्लब उदयपुरबीच हुने प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार रूपैयाँसहित ट्रफी पाउनेछ ।