सुनसरीका अग्रज एमाले नेता ओम कोइरालाको निधन भएको छ ।  इटहरी उपमहानगरपालिका २ घर भएका नेता कोइरालाको गयराती ३ बजेर १७ मिनेटमा विराटनगर स्थित नोबेल मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो  । 

लामो समय देखी मिर्गौलाका बिरामी रहेका नेता कोइरालालाई बुधवार धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि ल्याइएकोमा अस्पतालमा  आइसियु आवश्यक परेपछि हिजो बिहीबार बेलुका उनलाई विराटनगर लगिएको थियो । 

२०२६ साल देखी नै वामपन्थी राजनीतिमा झुकाव राखेका कोइराला  २०३६ सालदेखि २०४६ सालसम्म जननेता मदन भण्डारीको निकट रहेर भूमिगत राजनीति गरेका थिए । 

 उनलाई गत असोज २३ गते इटहरीमा भव्य नागरिक अभिनन्दन समेत गरिएको तियो ।