धरान । तेह्रौं संस्करणको साफ च्याम्पियनसिपको उपाधिका लागि नेपाल र भारतबीच भिडन्त हुने भएको छ । 

नेपालले बंगलादेशलाई १–१ गोलको बराबरीमा रोक्दै फाइनल यात्रा तय गरेको थियो । यता भारतले आयोजक राष्ट्र माल्दिभ्सलाई ३–१ गोलअन्तरले पराजित गरेपछि भारतसँग दोस्रोपटक भेट भएको हो । यसअघि भारतले नेपाललाई ८८ औं मिनेटमा एक गोल गर्दै जितेको थियो । 

बुधबार राति सम्पन्न अन्तिम खेलमा माल्दिभ्सलाई भारतले हराउँदै फाइनलमा पुगेको हो । नेपाल २८ वर्षपछि फाइनलमा पुगेको हो भने भारत विजेता टिम हो । भारतका लागि कप्तान सुनिल क्षेत्रीले दुई गोल गर्दा मानवीर सिंहले एक गोल गरे । 

माल्दिभ्सका लागि अलि अस्फाकले सान्तवना गोल गरे । यो जितसँगै भारत शीर्ष स्थानमा उक्लिँदै ८ अंक जोडेको छ तर नेपालको भने ७ अंकका साथ दोस्रो स्थानमा रहेको छ । फाइनल खेल नेपाली समयानुसार ४ः४५ बजे सुरु हुँदै छ ।