श्री शालिवाहनीय शाके १९४२ ने. सं. ११४१ वि.सं. २०७८ साल असोज २६ गते मङ्गलबार, १२ अक्टुबर २०२१ । राक्षस संवत्सर असोज शुक्लपक्षको सप्तमी तिथि २१ः५७ बजे सम्म, उप्रान्त अष्टमी नक्षत्र  मुल ११ः३४ बजेसम्म, उप्रान्त पूर्वषाढा, चन्द्रमाराशि वृश्चिक, सूर्योदय ६ः०२ र सूर्यास्त ५ः३८ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
आज चलाखीपूर्ण बोलीले अरुलाई प्रभावित पारेर काम बन्ने छ । मन प्रसन्न रहनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आज रमणीय र सुखद यात्राका योगछ । मनमा हर्ष, उमङ्ग र उत्साह रहला । दिन राम्रो छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ । दिन सामान्य रहेको छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
घरमा अतिथिको आगमन बढ्ने छ । सौन्दर्यतामा धन खर्च हुनेछ । दिनमा शुभ कार्य हुन सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । दिन राम्रो हरेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आज जोश जाँगर र हिम्मत बढ्ने छ । आफ्नो चलाखीपनले कार्य सिद्ध हुनसक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
वैदेशक कार्य अघि बढ्ने छ । मनमा प्रसन्नता र उत्साह छाउनेछ । दिन शुभ रहेको छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज श्रमदान गर्ने अवसर मिल्नेछ । कुनै कुराले मनमा शान्ति छाउनेछ । मन शान्त रहला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
प्रेममा सफलता प्राप्त हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । दिन राम्रो हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मनमा दुविधा उत्पन्न हुनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संधर्ष गर्नु पर्ला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आज आकष्मिक धनलाभ हुनसक्छ । महिलावर्गबाट सहयोग मिल्नेछ । मन प्रसन्न रहनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्रेमिको सहयोग प्राप्त हुनेछ । परिवारमा सुख सन्तोष छाउनेछ । दिन राम्रो रहेको छ ।