नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला एक सयले घटेर ९० हजार ६०० कायम भएको छ भने छापावाल सुन आइतबार प्रतितोला ९० हजार ७०० मा कारोबार भएको थियो ।

महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुन प्रतितोला ९० हजार १५० मा कारोबार हुनेछ जुन आइतबार प्रतितोला ९० हजार २५० मा कारोबार भएको थियो ।

महासङ्घका अनुसार आज चाँदीको मूल्य आइतबारको तुलनामा पाँचले बढेको छ  । चाँदी आइतबार प्रतितोला एक हजार १७५ मा कारोबार भएको थियो भने आज प्रतितोला एक हजार १८० मा कारोबार हुनेछ ।