धरान । गायक ज्ञान सुब्बाको नयाँ गीत ‘आखिर के को लागि’ को भिडियो सार्वजनिक भएको छ । 

रविन वान्तवा राईको शब्द तथा डा. सरद सिंहको संगीत रहेको गीतको भिडियो आइतबार धरानमा औपचारिक कार्यक्रम आयोजना गरी सार्वजनिक गरिएको हो । चलचित्रकर्मी महासंघ प्रदेश १ का अध्यक्ष अरुण प्रधान र कलाकार प्रेम सुब्बाले संयुक्त रुपमा भिडियो सार्वजनिक गरे । 

भिडियोमा अग्रज कलाकार प्रेम सुब्बा सहित बादल श्रेष्ठ, रविना केसी र इसिता बान्तवाले अभिनय गरेका छन् । भिडियोको निर्देशन भिषण राईले गरेका हुन् भने छायाँकन भुपेन्द्र तुम्बाहाङ्फे र सम्पादन अनिल रानाले गरेका छन् ।