धरान/धरानको हिमालयन मेघा कलेजको आयोजनामा शनिबार सम्पन्न मैत्रीपूर्ण फुटसलमा नेपाल पत्रकार महासंघ सुनसरीको टोली विजयी बनेको छ ।
एनप्याब्सनको शिक्षक टिमलाई १२–१० गोलअन्तरले पराजित गर्दै विजयी बनेको हो । विजेता बनेको टोलीले नगद ६ हजार रुपैयाँसहित ट्रफी पाएको छ । त्यस्तै एनप्याब्सनले नगद २ हजार रुपैयाँ पाएको छ । प्रतियोगितामा तीन टिम सहभागी बनेका थिए । पहिलो खेलमा एनप्याब्सनले हिमालय मेघा टिमलाई १३–४ गोलअन्तरले जितेको थियो । कलेजले दशै, तिहार एवम् छटको अवसरमा फुटसल प्रतियोगिता गरेको हो । विजेता टिमलाई हिमालयन मेघा कलेजका अध्यक्ष कैलाश आङ्देम्बेले पुरस्कार वितरण गरे ।
यसअघि अर्कै कार्यक्रमको तस्बिर पर्न गएकामा क्षमाप्रार्थी छौं । सं.