नेकपा एकीकृतले मन्त्रालयको जिम्मेवारी फेरबदल गरेको छ । यसअघि स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको रामकुमारी झाँक्रीलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिने सहमति भएको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जनाएका छन् । 

उनका अनुसार नेकपा एसबाट सरकारमा सहभागी हुन नेताहरूको मन्त्रालयको जिम्मेवारीमा हेरफेर गरिएको हो जसमा झाँक्रीलाई जिम्मेवारी दिइएको भनेको  स्वास्थ्य मन्त्रालयको जिम्मेवारी  विरोध खतिवडालाई दिइएको छ । 

खतिवडालाई यस अघि सहरी विकाश मन्त्रालयको जिम्मेवारी दिइएको थियो । अन्य दुई जना  प्रेम आले र किसान श्रेष्ठको पनि जिम्मेवारी हेरफेर भएको खतिवडाले जनाएका छन् । 

जिम्मेवारी हेरफेरसहितको पत्र पार्टीका तर्फबाट कार्यालय सचिव गङ्गालाल तुलाधरले प्रधानमन्त्री शेरबहादुर देउवालाई पठाउँदै छन्।

आजै अपराह्नमा शपथग्रहण गर्ने  तय भएको भए पनि  अन्तिम समयमा पार्टी अध्यक्ष माधव नेपालले जिम्मेवारी हेफेर गरेको जनाइएको छ ।