नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली शनिबार इटहरी आउने भएका छन् ।

इटहरी उपमहानगरपालिकामा भोलि उनी दुई वटा कार्यक्रमलाई सम्बोधन गर्न अध्यक्ष ओली भोलि इटहरी आउने भएका हुन् ।

उनले भोलि बिहान साढे ११ बजे  इटहरी २ मा एमालेका पुराना अग्रज मजदुर नेता ओम कोइरालाको नागरिक अभिनन्दन कार्यक्रममा सहभागी हुने छन् भने उक्त कार्यक्रमपछि  दिउसो १ बजे ठुलो जनता स्कुलको खेल मैदानमा  अध्यक्ष ओलीले वृहत् कार्यकर्ता भेला तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको  एमाले इटहरीले उपमहानगर कमिटीले पत्रकार सम्मेलन गरी जनाएको छ । 

भोलि हुने दुवै कार्यक्रमको पूर्व तयारी पुरा भएको जनाउँदै  एमालेको ऐतिहासिक विधान महाधिवेशन पछि संभवत अध्यक्ष ओलीको पहिलो कार्यक्रम भएकाले यी दुवै कार्यक्रम महत्त्वपूर्ण रहेको   एमाले इटहरी उपमहानगर समिति अध्यक्ष याम सुब्बाले जनाएका छन् । 

ओम कोइराला नागरिक अभिनन्दन समितिद्वारा अग्रज मजदुर नेता, निष्ठावान्, निस्स्वार्थ व्यक्तित्व ओम कोइरालाको भव्य अभिनन्दन कार्यक्रम आयोजना गरेको हो । उक्त कार्यक्रममा एमाले इटहरीले पनि नेता कोइरालालाई सम्मान गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा अध्यक्ष सुब्बाले जानकारी एका छन् । 

कार्यक्रममा मजदुर नेता ओम कोइरालाका तीन वटा पुस्तकको लोकार्पण समेत गरिने ओम कोइराला नागरिक अभिनन्दन समितिको अध्यक्ष लेखनाथ घिमिरेले जानकारी दिए।