भरौल । वराहक्षेत्र नगरपालिकाबाट प्रतिनिधि गर्दै कालुराम चौधरीले नेपाली काँग्रेसको १४ औँ महाधिवेशन जिल्ला सहसचिवमा उमेदवारी घोषणा गरेका छन् ।
नेपाली कांग्रेस वडा कमिटी ८ नम्बरको पहिलो बैठकको कार्यक्रममा लामो समय सम्म राजनीतिमा आफ्नो छवि बनाएका चौधरीले दशैको घटस्थापनाको अवसर पारेर उमेदवारी घोषणा गरेको हो ।
बिहीबार गरिएको घोषणा सभामार्फत आफू विजयी हुनुपर्ने आधार प्रस्तुत गर्दै मतको लागि अपिल समेत गरे । चौधरीले विशेषतः नेपाली काँग्रेसले समावेसिता, वर्ग, क्षेत्र, भूगोललाई मिलाएर लैजानुपर्ने अनिवार्यता भएकाले पनि उनको उमेदवारी रहेको प्रस्ट्याइएको छ ।
पार्टीभित्र सहमति, सहकार्य र एकता गरी पार्टीलाई एक ढिक्का बनाउँदै सङ्गठन निर्माण नै मेरो मुख्य प्राथमिकता रहेको चौधरीले घोषणा कार्यक्रम आफ्नो जाहेरी गरेका हुन् । उनी थप्छन्, आउँदै गरेको स्थानीय तहको निर्वाचनमा वडादेखी जिल्लासम्म पार्टीको जित सुनिश्चित गर्ने मेरो अर्को महत्त्वपूर्ण योगदान रहनेछ ।
शुरुवात क्रममा कांग्रेसका नेता कार्यकर्ताहरु कमर कसेर लागे पनि चुनावमा आपसी मदभेद नमिल्ने भएकोले हार बेहोर्नु परेको दुखसो सुनाएका थिए ।
अब हामी एउटै लक्ष्य लिएर जानु पर्छ सुनसरीमा कांग्रेसमय बनाउन सबैलाई आग्रह गर्दै चौधरीले घोषणा कार्यक्रममा गरेका हुन् । मलाई जिताउन सुनसरीको सबै क्षेत्रिय प्रतिनिधिहरुको हातमा रहेकोले यो जितलाई सुनिश्चित गर्न अपिल गरेको छ ।