धरान । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार (आज) मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन् ।
बिहीबार गठबन्धनबीच सम्पन्न बैठकले मन्त्रालयको भागबन्डामा सहमति जुटेसँगै आज पूर्णता दिने तयारी गरिएको हो । मन्त्रिपरिषद् विस्तार भएका मन्त्रीहरूलाई आजै सपथ ग्रहण गराउन लागिएको स्रोतले जनाएको छ ।
मन्त्री छान्नका लागि सत्तारुढ गठबन्धनमा रहेका दलहरूले आन्तरिक गृहकार्य पनि गरिसकेका छन् । नेकपा माओवादी केन्द्रको सचिवालयलाई मन्त्री छान्ने अधिकार दिएको छ । त्यस्तै नेकपा एकीकृत समाजवादीले भने मन्त्री छानिसकेको छ । त्यस्तै जनता समाजवादी पार्टी नेपालका शीर्ष तहका नेतालाई मन्त्री छान्ने अधिकार दिए पनि यो समाचार तयार गर्दासम्म मन्त्री टुंग्याउन बाँकी रहेको जनाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या, सहरी विकास, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र श्रम मन्त्रालय माजवादीलाई दिइने भएको छ । जसमा स्वास्थ्य तथा जनसंख्या रामकुमारी झाक्रीले पाउने सम्भावना बढेको छ ।
सत्तारुढ दलमा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले पनि थप चारजना मन्त्री थप गर्दै छ । माओवादीको स्थायी कमिटी बैठक अनुसार शशी श्रेष्ठ, देवेन्द्र पौडेल सुनिल, महेश्वर गहतराजलाई मन्त्री बनाउने निर्णय यसअघि नै गरेको थियो । त्यस्तै एक राज्यमन्त्रीमा बोधमाया यादवलाई पठाउने तयारी गरेको छ ।