विजयपुर/सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देन ‘मिराक’ले आफ्नो पार्टी ‘राष्ट्रिय’ बन्ने बताएका छन् ।
उनले बिहीबार पार्टीको तेस्रो राष्ट्रिय महाधिवेशनको जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा राष्ट्रिय पार्टी बन्ने बताएका हुन् । उनले पार्टी पहिले लिम्बुवान क्षेत्रमा मात्रै सीमित भए पनि हाल ११ वटै अर्थात ७ वटै प्रदेशमा भएकाले राष्ट्रिय पार्टी बन्ने बताए ।
उनले अहिलेको संरचना असफल भएको बताउँदै पहिचानमा उभिएर मात्रै मुलुकको समृद्धि हुने पनि बताए । उनले वडालाई अनिश्चित अधिकार दिँदा समस्या आएको बताए । उनले बजेटको ६५ प्रतिशत खर्च कर्मचारी पाल्नमा जाने भन्दै ३५ प्रतिशतमा झार्नुपर्ने बताए ।
पार्टीको तेस्रो महाधिवेशन मङ्सिर २६ र २७ गते धरानमा गर्ने भएको छ । सोभन्दा अगाडि पार्टीका तल्ला तह र विभिन्न जनवर्गीय सङ्गठन अधिवेशन सक्ने पार्टीले जनाएको छ ।