प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले बडा दशैं २०७८ काे अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण  नेपालीहरू दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना  व्यक्त गरेका छन् । 

नवरात्रिको पहिलो दिन घटस्थापनाका दिन मुख्यमन्त्री आचार्यले  शुभकामना सन्देश जारी गदै दशैं पर्वले अन्याय, अत्याचारको अन्त्य गर्दै सामाजिक एकता, आपसी सद्भाव र भ्रातृत्व अभिवृद्धिमा टेवा पुग्ने बताएका छन् ।

उनले । दशैंले भिन्न भिन्न जातजाति, भाषा, धर्म एवं सांस्कृतिक पहिचान बोकेका  सबै नेपालीको लागि राष्ट्रिय एकता, सामाजिक सद्भाव, आपसी भ्रातृत्व कायम गर्न सकोस् भन्ने उनले कामना व्यक्त गर्दै  कोभिड–१९ को महामारीले स्वास्थ्यमा ठुलो चुनौती पनि थपिएकोले महामारीबाट जोगिन नेपाल सरकारले लागु गरेको स्वास्थ्यसम्बन्धी नियमहरूको पालना गर्न पनि सबैमा आग्रह समेत गरेका छन् ।