विजयपुर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले सरकारसँग भएको सहमति कार्यन्वयनको माग गर्दै देशभरका जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएको छ ।
सोमबार पार्टीले सरकारसँग भएको ३ बुँदे सहमति कार्यान्वयको माग गर्दै देशभरका जिल्ला प्रशासन कार्यालयमा घेराउ गर्दै धर्ना दिएको छ । पार्टीले ३ बुदे सहमति कार्यन्वयन गर्नुपर्ने, राजबन्दी रिहा गर्नुपर्ने, झुटा मुद्दा खारेज गर्नुपर्ने माग गर्दै धर्ना दिएको हो । धर्ना दिने देशव्यापी कार्यक्रमअनुसार पार्टीले जिल्ला प्रशासन कार्यालय सुनसरीमा पनि १ घण्टा धर्ना दिएको हो । ३ बुदे सहमति कार्यन्वयको माग गर्दै पार्टीले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री देउवालाई ज्ञापन–पत्र पनि पठाएको छ ।
कार्यक्रम पार्टीका सुनसरी सचिव पुष्प चौलागाई ‘विवश’ को नेतृत्वमा भएको पार्टीका सुनसरी विशेष समितिका सदस्य त्रिलोचन लोहारले जानकारी दिए । उनले आइतबार प्रधानमन्त्री देउवालाइ्र्र ज्ञापन–पत्र बुझाएको पनि बताए । कार्यक्रम सम्पूर्ण जनवर्गीय सङ्गठनको उपस्थितिमा भएको थियो । १ घण्टा धर्नापछि भएको कोणसभालाई पार्टीका इनरुवा इन्चार्ज सुरेस राईले सम्बोधन गरेका थिए । गत फागुन २१ नेकपा र तत्कालिन सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले ३ बुँदे सहमति गरेका थिए ।
सहमति भएसँगै पार्टीको २ वर्षदेखिको प्रतिबन्ध फुकुवा भएको थियो । नेकपाले हिंसात्मक गतिविधि त्यागेर शान्तिपूर्ण राजनीतिमा आउने लिखित प्रतिबद्धता गरेपछि प्रतिबन्ध फुकुवा भएको थियो । सहमति गर्दा थुनामा रहेका नेता–कार्यकर्ता रिहाइ गर्न, उनीहरूमाथि लागेका राजनीतिक मुद्दा फिर्ता गर्न सरकार सहमत भएको थियो तर हालसम्म पनि ओली सरकारले गरेका सहमति कार्यान्वयन नगरेपछि पार्टीले धर्ना गर्दै ज्ञापन–पत्र बुझाएको हो । सरकारले २०७५ फागुन २८ गतेबाट नेकपालाई प्रतिबन्ध लगाएको थियो ।