मधुमल्ला । नेपाली काँग्रेस मिक्लाजुङको १४ औँ गाउँ अधिवेशनबाट नेपाली काँग्रेस मिक्लाजुङको सभापतिमा बविकुमार राई अत्याधिक मतले विजयी भएका छन् ।

शनिबार सभापति पदका लागि भएको निर्वाचनमा कुल खसेको एक सय ६१ मत मध्ये बवी कुमार राईले सर्वाधिक १३७ मत प्राप्त गर्दै विजयी भए । उनका प्रतिस्पर्धी अरुण विक्रम बस्नेतले २१ मत प्राप्त गरे भने ३ मत बदर भएको थियो ।

नेपाली काँग्रेसको १४ औँ महाधिवेशनका लागि सभापति बाहेक सबै मत सर्वसम्मत भएको थियो । उपसभापती, सचिव, सह–सचिवमा क्रमशः खगेन्द्र मादेन, भवानी राई, दिपक श्रेष्ठ, गुरु चापागाईँ, देउमान तामाङ र बिमल कुँवर र अन्य सदस्य पदहरूमा सर्व सहमत नेतृत्व चयन भएको छ ।

सभापतिमा निर्वाचित भएसँगै आफ्नो संक्षिप्त मन्तव्य राख्दै नव निर्वाचित सभापति बबी राईले वृद्ध, अग्रजलाई लाई सम्मान, युवाहरूलाई प्रोत्साहन, अहिले नगरे कहिले र हामीले नगरे कसले भन्ने मूल नारा लिएर आफ्नो टिम अगाडी बढेको बताए ।

मिक्लजुङ क्षेत्रमा शैक्षिक र स्वास्थ्य क्षेत्रमा सुधार,  युवाहरूलाई रोजगारलाई पहिलो प्राथमिकता राखेर अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरे साथै आफ्नो कार्यकाल भित्रमा नै नेपाली काँग्रेस मिक्लाजुङको आफ्नै पार्टी कार्यालय निर्माण सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे ।

  साथै निर्वाचनमा सभापति पदका प्रतिस्पर्धी बनेका अरुण विक्रम बस्नेतले सभापतिमा निर्वाचित बविकुमार राईलाई बधाई ज्ञापन गर्दै आफूहरू बिच एउटा प्रजातान्त्रिक अभ्यासमा सामेल भएकाले आगम दिनमा पार्टीलाई एक ढिक्का बनाएर अगाडी बढाउन लागी पर्ने बताए ।