नेपाली काँग्रेस बेलबारी नगर समितिको यहि असोज १६ गते हुने बेलबारी नगरको निर्बाचनका लागि कोईराला पक्षको तर्फबाट नगर सभापतिमा छत्र लिम्बू समुहले उम्मेदवारी घोषणा गरेका छ ।
बिहिबार बेलबारी १ स्थित नेपाली काँग्रेसको पार्टी कार्यलयमा भएको उम्मेदवारी घोषणा कार्यक्रममा सभापतिमा छत्र लिम्बु, उपसभापतिमा प्रकाश चौधरी, नितु थापा, सचिबमा कुलप्रसाद बराल, सन्तोष भटराई र सहसचिबमा बद्री बिष्ट र मनिल मोतेको उम्मेदवारी घोषणा गरिएको छ ।
कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य डा. सुनिल शर्मा,नगेन्द्र जमरकटटेल,मानबहादुर लिम्बु,स्थानीय निर्बाचनमा बेलबारीका मेयरका उम्मेदवार राजकुमार लिम्बु लगायतका नेताहरुको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेका डा.शर्माले मोरङको क्षेत्र नम्बर ३ का पालिकाहरुमा कोईराला पक्षको जित निश्चित रहेको बताए । उनले केही समयमै पार्टीमा कुनै गुट नरहने र एउटै गुटमा सबै गोलबद्ध हुने बताए ।