विजयपुर । किरात खम्बुवान पार्टीका नव निर्वाचित अध्यक्ष भूपी राई (कोयी) ले इतिहासमा जातीय मुद्दा स्थापित भएको बताएका छन् ।

उनले पार्टीको प्रथम राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा चयन भएपछि प्रतिबद्धता राख्ने क्रममा जातीय मुद्दा स्थापित भएको बताएका हुन् । धरानमा आइतबारदेखि सुरु भएको प्रथम सम्मेलन सोमबार ४५ सदस्यीय कार्यसमिति छनौट गर्दै सम्पन्न भएको हो ।

पार्टीको उपाध्यक्षमा रामकुमार राई, सिद्धिकुमार राई, देवीबहादुर राई, प्रेमकुमार राई र भद्राकुमारी राई चयन भएका छन् । महासचिवमा विश्वास राई, सचिवमा विक्रम राई र रमेशकुमार राई, सह–सचिवमा भूमिराज राई, उप–सचिवमा महावीर राई र धु्रवराज राई, उप–प्रवक्तामा दिलकुमार राई, कोषाध्यक्षमा नरदेवी राई, सह–कोषाध्यक्षमा श्रीकुमार राई चयन भएका छन् ।

त्यसैगरी ब्राह्मण परिषद् केन्द्रीय संयोजक नारायणप्रसाद नेपाल रहेको पार्टीका नेता रमेश थुलङ राईले जानकारी दिएका छन् । पार्टीका २०७५ सालमा भदौ ४ गते स्थापना भएको थियो । हालसम्म पार्टीको संयोजक पनि भूपी नै रहेका थिए ।