पथरी । मोरङ कानेपोखरी गाउँपालिक स्थित एमाले ६ नम्बर शाखा कमिटीको विस्तारित बैठकमा विभिन्न पार्टी परित्याग गर्दै एक दर्जन व्यक्ति एमालेमा प्रवेश गरेको छ ।


बुधबार रमाइलो साकोसमा भएको बैठकमा राप्रपाका क्षेत्रीय सदस्य कालीबहादुर लिम्बु र गत स्थानीय चुनावमा राप्रपाबाट वडा सदस्यमा उठेकी देवी माया थापा सहित एक दर्जन प्रवेश गरेको हो । त्यसै गरी रमा तामाङ, कृष्णमाया गुरुङ, कुमारी माझी, मैया धिमाल, पर्शुराम कटुवाल लगायत एमालेमा प्रवेश गरेको छ । 


उनीहरूलाई एमाले प्रदेश सदस्य तथा कानेपोखरी गाउँपालिका अध्यक्ष ताराबहादुर काफ्ले प्रमुख अतिथि, विशेष अतिथि एमाले जिल्ला सचिवालय सदस्य तथा गाउँपालिका उपाध्यक्ष राजमती इङ्नाम, अतिथिहरू नेकपा एमाले जिल्ला सदस्य भोला अधिकारी, नेकपा एमाले कानेपोखरी गाउँ कमिटीका अध्यक्ष दानबहादुर बस्नेत लगायतले खदा र अबिरको टिका लगाएर स्वागत गरेका थिए ।


त्यसै गरी नेकपा एमाले पार्टीको वडा भेलाले ऋषि पौडेलको अध्यक्षमा ११३ सदस्य राष्ट्रिय युवा सङ्घ नेपाल ७ नम्बर वडा कमिटी चयन भएको हो । कमिटीको उपाध्यक्षमा महेश आर्चाय, सचिवमा उपेन्द्र पौइल, सह–सचिवमा भरत लिम्बु र कोषाध्यक्षमा मैतराज लिम्बु रहेका छन् । त्यसै गरी सदस्यहरूमा खगेन्द्र लिम्बु, दुर्गा अधिकारी, कमल पौडेल, राजन बस्नेत, रोहित कुमार सुबेदी, अर्पण लिम्बु, रुपेश रिजाल लगायत रहेका छन् ।


बैठकमा अन्य अतिथिहरू नेकपा एमाले कानेपोखरी गाउँ कमिटी सचिवालय सदस्य खड्ग बस्नेत, नेकपा एमाले कानेपोखरी गाउँ कमिटी सचिवालय सदस्य मोहनप्रसाद अधिकारी, राष्ट्रिय युवा सङ्घ नेपाल केन्दिय सचिवालय सदस्य तथा मोरङ जिल्ला अध्यक्ष नवीन पौडेल, राष्ट्रिय खेलकुद महासङ्घ केन्द्रीय सदस्य शिव राई, अनेमासंघ कानेपोखरी गाउँ कमिटी सचिव खिना दाहाल, युवा सङ्घ गाउँ कमिटी संयोजक अशोक फुयाँल उपस्थित रहेका थिए ।


नेकपा एमाले वडा नं। ६ का पार्टी अध्यक्ष कुमार फुयलको अध्यक्षता सम्पन्न भएको थियो । कार्यक्रम सञ्चालन डम्बर खरेलले सञ्चालन गरेका थिए ।