अल्जेरियाका पूर्व दुई प्रधानमन्त्रीलाई अदालतले जेल सजायको फैसला सुनाएको छ । पूर्व राष्ट्रपति अब्डेलाजिज बौटेफ्लीकाको कार्यकालमा प्रधानमन्त्री भएका दुई नेतालाई अदालतले सजाय तोकेको हो ।

पूर्व प्रधानमन्त्री अहमद ओयुयाहीयालाई छ बर्ष र अर्का पूर्व प्रधानमन्त्री अब्डेल्मालेख सेल्लाललाई पाँच बर्ष जेल बस्नुपर्ने भनिएको छ ।

उनीहरुलाई सार्वजनिक शक्ति र सम्पत्तिको दुरुपयोग गरी भ्रष्टाचार गरेको लगायतका मुद्धा लगाइएको समाचारमा जनाइएको छ ।

सरकारी अधिकारीहरुका लागि राज्यले बनाउन लागेको आवासीय भवन बनाउने क्रममा अनियमितता गरेको विषयलाई मुख्य मुद्धा बनाइएको छ ।

भवन बनाउने काममा प्रमुख हमिद मेल्जीलाई भने यसअघि नै पाँच बर्षको जेल सजाय तोकिएको छ । उनलाई भवन बनाउने क्रममा अनियमितता गरेर राष्ट्रको अर्थतन्त्रमा नकारात्मक असर पारेको आरोप लगाइएको छ ।

पूर्व प्रधानमन्त्री ओयुयाहीया सन् १९९५ देखि २०१९ सम्ममा पटकपटक गरेर चार पटक प्रधानमन्त्री बनेका थिए ।

त्यसैगरी अर्का पूर्व प्रधानमन्त्री सेल्लालले सन् २०१४ देखि २०१७ सम्म प्रधानमन्त्रीका रुपमा सरकारको नेतृत्व गरेका थिए । उनी बौटेफ्लीकाको चार ओटै निर्वाचनको मुख्य व्यवस्थापक थियो। तत्कालिन राष्ट्रपति बौटेफ्लीकले गत सन् २०१९ मा राजीनामा दिएको थियो ।

हप्तौँको आम नागरिकको आन्दोलन र सेनाको दवावका कारण उनले राजीनामा दिनु परेको थियो । उनले यही सेप्टेम्बर महिनामा ८४ बर्षको उमेरमा निधन भएको छ ।